Logo

१३ औ दक्षिण एसियाली खेलकुद आज सकिदै

ई-खेलकुद २०७६ मंसीर २४ , मंगलबार ०७:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद साग आज सकिदैछ । मंसिर १५ गते राजधानीको दशरथ रंगशालामा भब्य समारोहका बिच उद्घाटन भएको साग खेलकुद काठमाण्डौ, पोखरा र जनकपुरमा भएको थियो । अन्तिम दिन आज बिभिन्न ५ खेलका स्पर्धापछि सागको औपचारिक समापन हुनेछ । ३ सय १७ स्वर्ण त्यत्तिनै रजत र ४ सय ८२ कास्यका लागि भएको साग खेलकुदमा यसपटक पनि भारतको बर्चश्व कायमै रह्यो ।

यद्यपी आयोजक नेपालले पदक तालिकामा ऐतिहासिक सफलता हात पारेको छ । यसअघि आठौ दक्षिण एसियाली खेलकुदमा हात पारेको ३१ स्वर्णको किर्तिमानलाई तोड्दै नेपालले १३ औ दक्षिण एसियाली खेलकुदमा ४९ स्वर्ण हात पारिसकेको छ । आज हुने १४ स्वर्णको स्पर्धाबाट पनि नेपालले केहि स्वर्ण थप्ने संभावना छ ।
राजधानीको दशरथ रंगशालामा साँझ बिशेष कार्यक्रमका बिच साग खेलकुदको समापन गर्ने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ । त्यसअघि रंगशालामा साग पुरुष फुटबलको फाईनल खेल हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?