Logo

१० क्लबको रंगशालामा ईङल्याण्ड सरकारले दर्शकलाई दियो अनुमती

ई-खेलकुद २०७७ मंसीर १२ , शुक्रबार ०८:११ मा प्रकाशित

एजेन्सी । बेलायत सरकारले प्रिमियर लिग फुटबल खेल्ने १० क्लबको मैदानमा दर्शक राख्न अनुमती दिएको छ । आगामी बुधबारदेखी लागु हुने गरी त्यहाको सरकारले सिमित दर्शक राखेर खेल गराउन १० क्लबलाई अनुमती दिएको हो । बेलायत सरकारले लिभरपुल, आर्सन्ल, चेल्सी, टटनह्याम, क्रिष्टल प्यालेस, एभर्टन, फुल्ह्याम र वेष्टह्यामको घरेलु मैदानमा सिमित दर्शक राखेर खेल गराउन अनुमती दिएको हो । ती क्लबले बढिमा २ हजार दर्शक राखेर खेल गराउन सक्नेछन् ।
बेलायत सरकारले जारी गरेको सम्पुर्ण प्रतिबन्ध बुधबारबाट हट्ने भएकाले सुरुवाती चरणमा सिमित दर्शकलाई मैदान प्रबेशको अनुमती दिईएको त्यहाँको सरकारले जनाएको छ । तर स्वास्थ्य साबधानीमा भने बिशेष ध्यान दिनुपर्ने जनाउदै क्लबहरुलाई सचेत समेत गराएको छ । कोरोना माहामारीका कारण बेलायतमा बन्द रंगशालामा खेलकुद गतिबिधि सञ्चालन हुदै आएको छ ।

दर्शक अनुमती प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?