
एजेन्सी । बिग बास लिग क्रिकेटको आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सले मेलबर्न स्टार्ससामु ८० रनको लक्ष्य प्रस्तुत गरेको छ । खेलमा टस जितेको मेलबर्नले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको हुरिकेन्सले बर्षाले प्रभावित ११ ओभरको खेलमा ५ विकेट गुमाएर ६९ रनको योगफल तयार पारेको हो । यद्यपी डकबर्थ लेविस पद्धतीका आधारमा मेलवर्नले ८० रनको लक्ष्य पाएको हो । कालेव जेवेलले सर्बाधिक २६ र कप्तान बेन म्याकडोरमेटले १७ रन बनाएको ईनिङसमा अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् ।
मेलबर्नका डेल स्टेन र नाथन कोउल्टलरले समान २ तथा डानिएल वोरलले १ विकेट लिए । २ ओभर बलिङ गरेका सन्दिपले ११ रन खर्चिएपनि विकेट हात पार्न सकेनन् ।
उनको दुबै ओभरमा ब्याट्सम्यानले बाउन्ड्री प्रहार गर्न सकेनन् ।
