Logo

होबर्टको जितमा सन्दिपको उत्कृष्ट बलिङ

ई-खेलकुद २०७८ पुस २४ , शनिबार ०७:०१ मा प्रकाशित

काठमाडौं । अष्ट्रेलियन बिग बास क्रिकेट लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले शानदार जित निकालेको छ । आज भएको खेलमा ब्रिसबेन हिटलाई ८ विकेटले हराउँदै होबार्टले तालिकामा अंक थपेको हो । ब्रिसबेनले दिएको १ सय ४५ रनको लक्ष्य होबार्टले १७ दशमलव २ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । बेन म्याकडेरमोटले अबिजित रहँदै ९३ रन बनाएपछि होबार्टले सहजै लक्ष्य भेट्टाएको हो । कप्तान पिटर ह्यान्ड्सकम्प २७ रनमा अबिजित रहे । ब्रिसबेनका लागि दुबै विकेट विल प्रेस्टविजले लिए ।
यसअघि पहिले ब्याटिङ गरेको ब्रिसबेनले ८ विकेट गुमाएर १ सय ४४ रनको मध्यम स्कोर तयार पारेको थियो । ब्रिसबेनका लागि डेसमोन्ड फेफरले ६९ रन बनाए । विल प्रेस्टविजले २१ रन जोडे । होबार्टका लागि सन्दीप र मिचेल ओवेनले समान २ विकेट लिए । आफ्नो स्पेलमा सन्दिपले मात्र २३ रन खर्चिएर २ विकेट हात पारेका हुन् । योसँगै जारी लिगमा उनको विकेट संख्या १० पुगेको छ । जितपछि पनि होबार्ट २० अंकमा तालिकाको चौथो स्थानमै रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?