Logo

हैदरावादसंग दिल्लीको लज्जास्पद हार

ई-खेलकुद २०७७ कात्तिक ११ , मंगलबार ११:१० मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको ४७ औ खेलमा सनराईजर्स हैदरावाद विजयी भएको छ । दिल्ली क्यापिटल्सलाई ८८ रनको फराकिलो अन्तरले हराउदै हैदरावादले प्लेअफ प्रबेशको संभावना कायमै राखेको हो ।

हैदरावादले दिएको २ सय २० रनको उच्च चुनौती पछ्याएको दिल्ली १९ ओभरमा १ सय ३१ रनमा समेटियो । रिषब पन्तले सर्बाधिक ३६ रन बनाएको दिल्लीको ईनिङसमा अजक्थ्या रहानेले २६, तुषार देशपाण्डेले अबिजित २० र सिमरोन हेटमेरले १६ रन बनाए । दिल्लीका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

दिल्लीको ईनिङस ध्वस्त बनाउने क्रममा हैदारवादका रासिद खानले ३ तथा सन्दिप शर्मा र टि नटराजनले समान २ विकेट लिए । जेसन होल्डर, विजय शंकर र सहवाज नादिमले समान एक विकेट हात पारे ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको हैदरावादले २ विकेट गुमाउर २ सय १९ रनको बिशाल योगफल तयार पारेको थियो ।

उसको जितमा रिद्धिमन शाहले ८७ र कप्तान डेभिड वार्नरले ६६ रनको योगदान गरे । मनिष कुमार पाण्डे ४४ र केन विलियम्सन ११ रनमा अबिजित रहे । दिल्लीका एनरिच नोर्टजे र रबिचन्द्र आश्विनले समान एक विकेट लिए ।
जितसंगै हैदरावाद १० अंकमा तालिकाको छैटौ स्थानमा उक्लिएको छ । दिल्ली १४ अंकमा तालिकाको तेस्रो स्थानमा झरेको छ ।

आईपीएल हैदरावाद

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?