Logo

हिमालयन शेर्पा र संकटाले पनि बराबरी खेल्दै अंक बाँडे

ई-खेलकुद २०७८ मंसीर ४ , शनिबार ०४:११ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेल पनि बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले एक एक गोलको बराबरी खेलेका हुन ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुबै टोलीले दोस्रो हाफमा एक एक गोल गरेका थिए । खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । रुचाल जारी सिजनको लिगमा गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

खेलमा सुरुवाती अग्रता बनाएपनि संकटाको अग्रता लामो समय टिक्न सकेन् । ६४ औ मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछिको समयमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो ।

बराबरीसँगै दुबै टोलीले एक एक अंकसहित लिगको सुरुवात गरेका छन् । आजै हुने दोस्रो खेलमा थ्रीस्टार क्लब र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?