Logo

हासिम अम्ला ईपीएल खेल्न नेपाल आउने पक्का, गेल र मिलरपनि आउने संभावना

ई-खेलकुद २०७६ पुस १८ , शुक्रबार ०५:०१ मा प्रकाशित

काठमाण्डौ । साउथ अफ्रिकाका चर्चित क्रिकेटर हासिम अम्ला नेपालमा क्रिकेट खेल्न तयार भएका छन् । नयाँ संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा खेल्न उनलाई नेपाली फ्रेन्चाईज टोलीले छलफल चलाएसंगै अम्ला सकारात्मक भएका हुन् । नेपालका २ टोलीले उनीसंग सम्पर्क गरेपनि उनी कुन टोलीबाट खेल्छन भन्ने जानकारी आएको छैन् । ईपीएल आयोजक कमिटिका प्रबन्ध निर्देशक अमिर अख्तरले अम्ला नेपाल आउन तयार भएपनि फाईनल भईनसकेको बताउनुभयो ।
उहाले भन्नुभयो– अम्लासंगै अन्य ठुला खेलाडीसंग पनि कुराकानी भईरहेको छ । हामी यो साता सबै विदेशी खेलाडीको नाम सार्बजनिक गर्छौ ।
उहाँले क्रिस गेल, डेभिड मिलर, युबराज सिंह लगायतका क्रिकेटरसंग पनि छलफल जारी रहेको बताउनुभयो । चैत १ देखी १५ सम्म चल्ने ईपीएल क्रिकेटमा यसपटक विदेशी खेलाडीका हकमा नयाँ प्राबधान राखिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?