Logo

हालेपलाई हराउदै सेरेना सेमिफाईनलमा

ई-खेलकुद २०७७ फागुन ४ , मंगलबार ०५:०२ मा प्रकाशित

एजेन्सी । अमेरिकी सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसको सेमिफाईनलमा प्रबेश गरेकीछिन् । मेलबर्नमा आज भएको क्वार्टरफाईनलमा दोस्रो वरियताकी रोमानियन सिमोना हालेपलाई सोझो सेटले हराउदै सेरेनाले अन्तिम चारको यात्रा तय गरेकी हुन् । ३९ बर्षिय पुर्व नम्बर वान सेरेनाले समान ६–३ को सेटले खेल आफ्नो पक्षमा पारेकी हुन् ।
सेरेनाले सेमिफाइनलमा जापानी खेलाडी नाओमी ओसाकासँग प्रतिस्पर्धा गर्नेछिन । ओसाकाले आजै भएको क्वाटरफाइनलमा चाइनिज ताइपेकी सीहे सु वुईलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी थिईन् ।

अष्ट्रेलियन ओपन सेरेना

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?