
झापा । झापामा असोज दोस्रो साता हुने हाम्रो पुर्बाअञ्चल अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा संकटा र सिक्किमको आक्रामक एफसीबिच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताको आयोजक जायोन स्पोर्टस क्लबले बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै प्रतियोगीतामा सहभागी टोली र खेलतालिका सार्बजनिक गरेको हो । असोज ११ गतेबाट सुरु हुने प्रतियोगिताको दोस्रो खेलमा झापा ११ ले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
गोल्डकपमा भारतका २, नेपालका ४ ए डिभिजन क्लब र मोफसलका २ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । आयोजकका प्रवक्ता अविनाश राईका अनुसार प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिससंगै संकटा र थ्री स्टार क्लबले सहभागीता जनाउनेछन् ।

त्यस्तै घरेलु टोली झापा–११ र गोर्खा ब्वाइज रुपन्देहीले पनि गोल्डकप खेल्नेछन् । बिदेशी टोलीका रुपमा सिक्किम आक्रामक र असामको मोलवे फुटबल क्लब रहने उहाँले बताउनुभयो । गोल्डकपको विजेता टोलीले १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार पाउनेछ ।
प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार र फाइनल खेलको म्यान अफ दी म्याच खेलाडीले २५ हजार पाउने आयोजकका प्रवक्ता राईले बताउनुभयो । विधागत तर्फ ७ उत्कृष्ट खेलाडीले जनही १५ हजार पाउनेछन् ।