Logo

हङकङसँग नेपालको प्रतिस्पर्धा, अपराजित रहदै समूह विजेता बन्ने नेपालको लक्ष्य

ई-खेलकुद २०७९ असार ७ , मंगलबार १२:०६ मा प्रकाशित

काठमाडौं । मलेसियामा जारी एसीसी टी–२० महिला च्याम्पियनसिपमा नेपालले आज बलियो टोली हङकङसँग प्रतिस्पर्धा गर्दैछ । क्वालालाम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार १२ बजे सुरु हुनेछ ।

सुरुवाती तीनै खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगीसकेको नेपाल समूहचरणमा अपराजित रहँदै विजेताका रुपमा अन्तिम चारमा पुग्ने योजनामा छ । खेलेका दुबै खेलमा जित निकालेको हङकङपनि नेपाललाई हराउँदै एक खेल अगावै सेमिफाइनल प्रवेशको योजनमा रहने छ ।

समूहचरणका नेपालले अन्तिम खेल खेल्न लागेको हो भने हङकङले नेपालपछि कुवेतसँग खेल्नेछ । जारी प्रतियोगितामा हङकङ पनि उपाधिको दाबेदार टोली हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?