Logo

हङकङबिरुद्ध पनि कप्तान मल्ल दोस्रो बलमै डक आउट

ई-खेलकुद २०७६ कात्तिक ३० , शनिबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले अहिले हङकङसंग प्रतिस्पर्धा गरिरहेको छ । ढाकास्थित साभर क्रिकेट मैदानमा टस जितेको हङकङले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले खराब सुरुवात गरेको छ । ईनिङसको दोस्रो बलमै कप्तान ज्ञानेन्द्र मल्ल खाता नै नखोली आउट भए । उनी अजिज खानको बलमा उनैद्धारा क्याचआउट भएका हुन् । यसअघि ईण्डियाबिरुद्धको खेलमा पनि ज्ञानेन्द्र दोस्रो बलमै पभेलियन फर्किएका थिए ।
क्रिजमा कुशल भुर्तेल र शरद भेषावकर रहेका छन् । सेमिफाईनल प्रबेशको संभावना कायम राख्न नेपाल र हङकङ दुबैलाई आजको खेल जित्नै पर्ने दबाव छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?