
काठमाण्डौ । ओमानमा जारी टि–२० क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपालले अहिले हङकङसंग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको एमिरातस्थित क्रिकेट मैदानमा टस जितेको नेपालले हङकङलाई ब्याटिड़्गको निम्तो दिएको छ ।
नेपाल पहिलो खेलबाटै प्रतियोगितामा आफ्नो प्रभाव देखाउन चाहान्छ । सिरिजमा सबैभन्दा माथिल्लो बरियतामा रहेको नेपाल परिचित प्रतिद्धन्दीबिरुद्ध सहज जितको अपेक्षामा रहेको छ ।
