Logo

हङकङद्धारा नेपालसामु १ सय २६ रनको चुनौती , करणले चटकाए ४ विकेट

ई-खेलकुद २०७६ असोज १९ , आईतबार ०५:१० मा प्रकाशित

काठमाण्डौ । ओमानमा जारी ५ राष्ट्र सहभागी टी–२० सिरिजका् पहिलो खेलमा हङकङले नेपाललाई १ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको एमिरातस्थित क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको हङकङले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २५ रनको मध्यम योगफल तयार पारेको हो ।
उसका लागि वाकस बारकतले सर्बाधिक ३७ रन बनाए । कप्तान किञ्चीत शाहले ३१, निजाकात खानल् २३ र असहान अब्बासीले १३ रन बनाए । नेपालका करण केसीले ४ तथा अबिनाश बोहोराले १ विकेट लिए । १ सय २६ रनको लक्ष्यसहित नेपालले केहिबेरमा जवाफि ब्याटिङ सुरु गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?