
एजेन्सी । अष्ट्रेलियाका स्टेभन स्मिथ टेष्ट व्याट्सम्यानको वरियाताको शीर्ष स्थानमा फर्किएका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियातामा ईण्डियाका क्याप्टेन बिराट कोहलीलाई पछि पार्दै स्मिथ १३ महिनापछि शीर्ष स्थान ओगट्न सफल भएका हुन् । सन् २०१५ डिसेम्बर देखि २०१८ अगष्टसम्म लगातार शीर्ष वरियातामा रहेका ३० वर्षे पूर्व क्याप्टेन स्थिम बल टेम्परिङमा दोषी पाईएपछि एक वर्षे प्रतिवन्धमा परेका थिए ।
ईङ्ल्याण्डमा भएको वान डे विश्वकपबाट राष्ट्रिय टिममा फर्किएका स्मिथले जारी एसेस सिरिजबाट आफुलाई टेष्ट ब्याट्सम्यानको शीर्ष स्थानमा उभ्याएका हुन् । ईङ्ल्याण्डसँगको दोस्रो टेष्टका दौरान जोफ्रा आर्चरको बलले टाउकोमा लागेपछि तेस्रो टेष्टका लागि टिममा नपरेका उनी भोली सुरु हुने चौथो टेष्टबाट फेरि क्रिजमा फर्कदैछन् । उनी शीर्ष स्थानमा रहेपनि उनको टिम अष्ट्रेलिया भने टेष्ट टिम बरियाताको पांचौ स्थानमा छ ।

टेष्ट टिमको शीर्ष स्थानमा ईण्डिया, वान डेको शीर्षमा ईङ्ल्याण्ड र ट््वान्टी–२० को शीर्ष स्थानमा पाकिस्तान छन् । व्याट्सम्यान तर्फ वान डेमा भारतका कोहली र ट्वान्टी–२० मा पाकिस्तानका बाबर अजाम, बलर तर्फ टेष्टमा अष्ट्रेलियाका प्याट क्युमिन्स, वान डेमा ईण्डियाका जस्प्रित बुमराह र ट्वान्टी–२० मा अफ्गानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् । अलराउण्डको शीर्ष स्थानमा टेष्ट तर्फ वेष्ट इण्डिजका जासन होल्डर, वान डे मा बंगलादेशका सकिब अल हसन र ट्वान्टी–२० मा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल परेका छन् ।