Logo

स्पोर्टस अबार्ड ४ टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

ई-खेलकुद २०७७ पुस २७ , सोमबार ०२:०१ मा प्रकाशित

काठमाण्डौ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १७ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड चार टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ । कोरोना माहामारीका कारण सेमिभर्चुअल माध्यमबाट हुने अबार्ड समारोह एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुने मञ्चले जनाएको छ । १७ औ संस्करणको अबार्ड समारोह ललितपुरको सातदोबाटोमा भोली हुनेछ ।
टेलिभिजनका साथै साथै एनएसजेएफको युट्युब च्यानल, फेसबुक पेज, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिने आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ । यस्तै त्रिपुरेश्वरस्थिति वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिने बताईएको छ । कोभिड–१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने हुनाले कार्यक्रम सेमी भर्चुअल रुपमा हुने मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले बताउनुभयो । भर्चुअल रूपमा आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुनेछ ।

पत्रकार मञ्च स्पोर्टस अवार्ड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?