Logo

स्पेन युरोकपका लागि छनोट, ईटालीको जितको श्रृखला जारी

ई-खेलकुद २०७६ असोज २९ , बुधबार ०८:१० मा प्रकाशित

एजेन्सी । स्पेनले आसन्न युरोकप फुटबलमा स्थान सुरक्षित गरेको छ । पछिल्लो खेलमा गएराती स्विडेनसंग एक एकको बराबरी खेलेसंगै स्पेनले युरोकपको यात्रा तय गरेको हो । ५० औ मिनेटमा १–० ले पछि परेको स्पेनका लागि ईन्जुरी समयमा रोड्रीगोले गोल गर्दै हार टारेका थिए । ८ खेलबाट २० अंकसहित स्पेन ग्रुप एफको शीर्ष स्थानमा छ । सोहि समुहको खेलमा फारोई आईसल्याण्डले माल्टालाई १–० ले हराउदा, रोमानिया र नर्वेले एक एकको बराबरी खेल्दै अंक बाडेका छन् ।
अन्य खेलहरुमा ईटालीले लिचेष्टाईनलाई ५–० ले, ग्रीसले बोस्निया हर्ज गोभिनालाई २–१ ले तथा फिनल्याण्डले आर्मेनियालाई ३–० ले पराजित गरे ।
त्यस्तै जर्जियाले जिब्राल्टरलाई ३–२ ले, स्विटजरल्याण्डले आयरल्याण्डलाई २–० ले तथा ईजरेलले लात्भियालाई ३–१ ले हराए । समुह डीबाट आयरल्याण्ड, डेनमार्क र स्विटजरल्याण्डको छनोट हुने संभावना समान रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?