Logo

स्पेन युक्रेनसंग पराजित,जर्मनीको बराबरी

ई-खेलकुद २०७७ असोज २८ , बुधबार ०८:१० मा प्रकाशित

एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा युक्रेनले स्पेनलाई हराएको छ । घरेलु मैदानमा युक्रेनलाई जिताउन भिक्टर स्यागान्कोभले ७६ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । स्पेनले पछिल्ला २ बर्षमा पहिलो हार ब्योहोरेको हो । हारका बाबजुत स्पेन ७ अंकमा समुह डिको शीर्ष स्थानमा कायम छ ।
सोहि समुहको खेलमा जर्मनी र स्विटजरल्याण्डले ३–३ को बराबरी खेल्दै अंक बाँडेका छन् । गएरातीका अन्य खेलहरुमा लम्बेम्बर्गले मोन्टेनेग्रोलाई २–१ ले तथा फारोई आईसल्याण्डले एण्डोरालाई २–० ले हराए । लात्भिया माल्टासंग १–० ले स्तब्ध पार्यो । अन्य २ खेल भने बराबरीमा सकिएका छन् । लिचेष्टाईन र सान मारिनो तथा साईप्रस र अजरबैजानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

नेसन्स लिग स्पेन

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?