Logo

स्पेनिस ला लिगा फुटबलमा बार्साको बराबरी

ई-खेलकुद २०७६ मंसीर २९ , आईतबार ०८:१२ मा प्रकाशित

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा बराबरीमा रोकिएको छ । १६ औ चरणको खेलमा गएराती रियल सोसिडाडसंग २–२ को बराबरी खेल्दै बार्सा अंक बाड्न बाध्य भएको हो । पहिलो हाफ एक एकको बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुवातमै बार्साले अग्रता बनाएको थियो । तर सो अग्रता उसले जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो । एन्टोनियो ग्रीजमन र लुईस स्वरेजले बार्साका लागि गोल गरेका थिए । १६ खेलबाट ३५ अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानको रियल मड्रिड बार्सा भन्दा १ अंकले पछि परेको छ । यद्यपी उसले एक खेल कम खेलेको छ ।
ओसासुनालाई २–० ले हराएको एटलेटिको मड्रिड २९ अंकमा तालिकाको चौथो स्थानमा उक्लिएको छ । गएराती नै लेभान्तेले ग्रानाडालाई २–१ ले हराउदा आईबर र एथ्लेटिको बिल्वाओले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?