Logo

स्कटल्याण्डले पीएनजीलाई दियो २ सय ४३ रनको लक्ष्य

ई-खेलकुद २०७६ भदौ ३ , मंगलबार ०७:०८ मा प्रकाशित

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत लिग टु को खेलमा स्कटल्याण्डले पपुवा न्युगीनीसामु २ सय ४३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । मोन्नोफिल्डपार्कमा टस जितेको पीएनजीले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ४२ रनको योगफल तयार पारेको हो ।
रिची बिरिङटोनले सर्बाधिक ८१ रन बनाएको ईनिङसमा कप्तान काएल कोएटजरले ६२ रन बनाए । जर्ज मुन्सीले ३५ रन बनाए ।
पीएनजीका चाद सोपर र असद भालाले समान २ विकेट हात पारे । यसअघिका ३ मध्ये २ मा जित हात पारेको स्कटल्याण्ड तेस्रो जितसंगै तालिकाको शीर्ष स्थानमा कायम रहने लक्ष्यमा रहदा, पीएनजी भने आज पहिलो जित निकाल्ने दाउमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?