Logo

स्कटल्याण्डले दोस्रो जित निकाल्दा पीएनजीको पहिलो हार

ई-खेलकुद २०७६ कात्तिक ४ , सोमबार ०३:१० मा प्रकाशित

एजेन्सी । युएईमा जारी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा स्कटल्याण्डले दोस्रो जित हात पारेको छ । आज भएको खेलमा पपुवा न्यु गीनीलाई ४ रनले हराउदै स्कटल्याण्डले प्रतियोगिताको दोस्रो जित हात पारेको हो ।
स्कटल्याण्डले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको पीएनजीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । नोर्मान भानुआले ३३ र लिगा सियाकाले ३१ रन बनाएपनि टोलीको जितमा पर्याप्त भएन् । स्कटल्याण्डका हाम्जा ताहिरले ३ तथा मार्क वाट, सेफयान सरिफ र जोस डाभेले समान २ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ६ विकेट गुमाएर १ सय ४६ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उसको जितमा कप्तान काएल कोएटजरले ५४ र म्याथु क्रसले अबिजित ४० रनको योगदान गरे ।
हारका बावजुतपनि पीएनजी समुह एको शीर्ष स्थानमा यथावत रहेको छ । जितसंगै स्कटल्याण्ड भने तेस्रो स्थानमा उक्लिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?