
एजेन्सी । कतारमा आगामी डिसेम्बर ७ बाट सुरु हुने कतार टि–१० क्रिकेट लिगमा नेपालका २ खेलाडीले खेल्ने पक्का भएको छ । प्रतियोगिताको आयोजकले सार्बजनिक गरेको नामावली अनुसार नेपालका सोमपाल कामी र रोहित कुमार पौडेलले कतार टि–१० मा सहभागिता जनाउनेछन् । सोमपाललाई फ्लाईङ ओरेक्स र रोहितलाई हिट स्टोमर्सले टोलीमा राखेको छ ।
सबै टोलीले खेलाडी अनुबन्धन गरिनसकेकाले अन्य टोलीबाट समेत नेपाली खेलाडीले मौका पाउने संभावना रहेको छ । राउण्ड रोबिन लिगका आधारमा १५ खेल हुने यो प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
