
एजेन्सी । अमेरिकाकी सेरेना विलिएम्सले यारा भ्याली क्लासिक टेनिस प्रतियोगिता बीचमै छाडेकी छन् । दाहिने काँधमा लागेको चोटलाई कारण देखाउँदै उनले सेमिफाइलनबाट खेल छाडेकी हुन् । उनले खेल छाडेपछि वल्र्ड नम्बर वान अष्ट्रेलियन एस्ले बार्टीले फाइनलमा स्थान बनाईन् ।
कीर्तिमानी २४ ग्राण्डस्लाम टेनिसका उपाधि नजिक रहेकी ३९ वर्षिय सेरेना आफ्नौ देशकी डेनिएल कोलिन्समाथि संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा पुगेकी थिएन् । फाइनलमा बार्टीले स्पेनकी गार्बियन मुगुरुजा र चेकरिपब्लिककी मार्केटा भोन्डुसोभाबीचको खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अष्ट्रेलियन ओपन सुरु हुन ३ दिन अघि काँधमा बोकेको चोटले सेरेना भने समस्यामा परेकी छन् । वर्षको पहिलो ग्राण्डस्लाम सोमबार सूरु हुदैछ । सन् २०१७ मा अष्ट्रेलियन ओपनको उपाधि जितेकी उनले बच्चा जन्मिएपछि सन् २०१८ को प्रतियोगिता खेलिनन् भने २०१९ मा क्वार्टरफाइनल र २०२० मा तेस्रो चरण मै रोकिएकी थिईन् ।
क्लासिक टेनिस सेरेना