
एजेन्सी । अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको उपाधि नजिक पुगेकी छन् । पहिलो सेमिफाइनलमा युक्रेनी एलिना भित्तोलिनालाई सोझो सेटमा हराउदै सेरेना, अर्को ग्राण्डस्लाम उपाधि नजिक पुगेकी हुन् । पहिलो सेटमा ६–३ को जित निकालेकी सेरेनाले दोस्रो सेटमा ६–१ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएकी हुन् ।
उनले उपाधिका लागि स्विटजरल्याण्डकी वेलिन्दा वेन्सीक र क्यानेडियन वियन्का एन्ड्रस्कुबिचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछिन् ।
पुरुष एकलतर्फको सेमिफाइनलमा भने रसियन दिमित्रोभ मेदभेदेव र बुल्गेरियन ग्रीगोर दिमित्रोभ तथा स्पेनी राफायल नाडाल र ईटालीका म्यातु बेरेटिनीबिच प्रतिस्पर्धा हुनेछ ।
