Logo

सेरेनालाई हराउदै वियान्कालाई युएस ओपनको उपाधि

ई-खेलकुद २०७६ भदौ २२ , आईतबार ०७:०९ मा प्रकाशित

एजेन्सी । युएस ओपन टेनिस अन्तर्गत महिला एकलतर्फको उपाधि क्यानाडाकी वियान्का एण्ड्रेस्क्युले जितेकी छिन् । अमेरिकी सेरेना विलियम्सलाई सोझो सेटले पराजित गर्दै १५ औ बरियताकी वियान्काले पहिलो ग्राण्डस्लाम उपाधि हात पारेकी हुन् ।
यो हारसंगै २४ औ ग्राण्डस्लाम उपाधि जित्ने सेरेनाको सपना चकनाचुर भएको छ । पहिलो सेटमा ६–३ को जित निकालेकि बियान्काले दोस्रो सेटमा ७–५ को संर्घषपुर्ण जित निकाल्दै उपाधि हात पारेकी हुन् ।
बियान्का, ग्राण्डस्लामको उपाधि जित्ने पहिलो क्यानेडियनसंगै मारिया सारापोभापछिको दोस्रो किशोरी समेत बनिन् । १९ बर्षिया उनले सेमिफाइनलमा स्विटजरल्याण्डकी बेलिन्दा बेन्सीकलाई हराउदै सेरेनासंगको उपाधि भेट पक्का गरेकी थिईन् ।
पुरुष एकलतर्फको उपाधिका लागि स्पेनी राफायल नाडाल र रसियन डानिल मेदभेदेवबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?