
काठमाण्डौ । नेपाल, घरेलु मैदानमा आयोजना भएको एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको समुह चरणमै रोकिएको छ । समुहचरणको आफ्नो अन्तिम खेलमा चीरप्रतिद्धन्दी माल्दिभ्ससंग सोझो सेटले पराजित भएसंगै सेमिफाईनल पुग्ने नेपालको सपना चकनाचुर भएको हो । निक्कै कमजोर प्रर्दशन गरेको नेपालले माल्दिभ्सबिरुद्ध रिसिभिङ, स्पाईक र सर्भिसमै ठुला गल्ती गरेको थियो । पहिलो सेटमा २५–२२ को जित निकालेको माल्दिभ्सले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा २५–१४ को सहज जित निकाल्दै माल्दिभ्सले शानदार जित हात पारेको हो ।
नेपालले अब पाँचौ स्थानका लागि समुह बीको तेस्रो स्थानमा रहने टोलीसंग खेल्नेछ । समुह ए बाट किर्गीस्तान समुह बिजेता र माल्दिभ्स उपबिजेताका रुपमा सेमिफाइनल प्रबेश गरेका छन् । समुह बीबाट उज्वेकिस्तान बिजेताको रुपमा सेमिफाइनल पुग्दा उपबिजेता टोलीको टुंगो लाग्न बाँकि छ ।
