Logo

सेभ द मिसनको टोली आज टोकियो जादै

ई-खेलकुद २०७८ साउन १ , शुक्रबार ०६:०७ मा प्रकाशित

काठमाण्डौ । जापानको टोकियोमा हुने ग्रीष्मकालिन ओलम्पिकमा सहभागि हुने नेपालको सेभ द मिसनको टोली आज त्यसतर्फ जाने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वको टोली आज दिउँसो टोकियो जान लागेको हो । १० सदस्यीय टोलीमा दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी रहेका छन् । सिलवालको नेतृत्वमा हेडक्वाटर अफिसियल रहेका एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य, टिम लिडर रहेका सुनिल कुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सुर्य नारायण श्रेष्ठ जापान जाने छन् ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वको ५ सदस्सीय टोली भने सोमबार मात्र जापान जाने छ । यस्तै अन्तिम टोलीका रुपमा साउन १० गते राखेप उपाध्यक्ष शिव कोईराला नेतृत्वको टोली जापान जानेछ ।
यसअघि पौडीका तीन सदसीय नेपाली टोली जापान पुगिसकेका छन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्सीय टिमको सहभागिता हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?