
काठमाण्डौ । एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि किर्गीस्तानले जितेको छ । आज भएको फाइनलमा उज्वेकिस्तानलाई सोझो सेटले हराउदै किर्गीस्तानले उपाधि कब्जा गरेको हो ।
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा सुरुवाती २ सेटमा संर्घषपुर्ण जित निकालेको किर्गीस्तानले तेस्रो सेटमा भने सहज जित हात पार्दै उपाधि जितेको हो । पहिलो सेटमा २६–२४ को जित निकालेको किर्गीस्तानले दोस्रो सेटमा २७–२५ को जित हात पारेको थियो । तेस्रो सेटमा भने २५–१९ को जित निकाल्दै किर्गीस्तान च्याम्पियन बनेको हो ।
एसियन भलिबल संघको संयोजनमा नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा ७ टोलीले सहभागि थिए ।
