Logo

सुबासको बिष्फोटक ईनिङससंगै प्रदेश तीन सेमिफाईनलमा

ई-खेलकुद २०७६ पुस १९ , शनिबार ०५:०१ मा प्रकाशित

ईनरुवा । प्रदेश तीन ईनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको समुह सीको अन्तिम खेलमा प्रदेश एकलाई ७ विकेटले हराउदै प्रदेश तीनले अन्तिम चारको यात्रा तय गरेको हो ।
ईनरुवा क्रिकेट मैदानमा प्रदेश एकले दिएको १ सय ४५ रनको लक्ष्य प्रदेश तीनले १२ बल अगावै ३ विकेट गुमाएर भेट्टायो । कप्तान सुबास खकुरेलले अबिजित ८५ र जितेन्द्र ठकुरीले १७ रन बनाउदै टोलीको जित निश्चित पारे । रित गौतमले १७ र आदील खान ११ रनको योगदान गरे ।
प्रदेश १ का सुभान्कर उराले २ र दिपेश कडेलले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले २८ ओभरमा छोट्याईएको खेलमा सबै विकेट गुमाएर १ सय ४४ रनको मध्यम योगफल तयार पारेको थियो । कप्तान पुष्प थापाले ५० रन बनाएको प्रदेश एकको ईनिङसमा मनिष थापाले २० र फिर्दोस अन्सारीले १८ रन बनाए ।
प्रदेश ३ का नन्दन यादबले ४ तथा राम नरेश गिरीले २ विकेट चट्काए । २ खेलबाट ३ अंक जोड्दै प्रदेश तीन समुह विजेता बनेको हो । प्रदेश एकको २ र प्रदेश पाँचको एक अंक रह्यो । दुबै टोली समुहचरणमै रोकिएका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?