Logo

सुपर कपको फाईनल प्रबेशका लागि बार्सा र सोसिडाड भिड्दै

ई-खेलकुद २०७७ पुस २९ , बुधबार ०९:०१ मा प्रकाशित

एजेन्सी । स्पेनिस सुपर लिगको पहिलो सेमिफाईनलमा आज बार्सिलोना र रियल सोसिडाड प्रतिस्पर्धा गर्दैछन् । अर्चेन्जल स्टेडियममा हुने सेमिफाईनल भिडन्त नेपाली समयानुसार राती पौने २ बजे सुरु हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै उपाधि यात्रा तय गर्ने योजनामा रहेका छन् । बार्सिलोनाले सुपर लिगको उपाधि सर्वाधिक धेरै पटक जितिसकेको छ । उ १४ औ उपाधि नजिक पुग्ने योजनामा मैदान उत्रनेछ ।
आजको खेलमा जित निकाल्ने टोलीले रियल मड्रिड र एथ्लेटिको बिल्वाओबिचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगीताको दोस्रो सेमिफाईनलमा भोली रियल र बिल्बाओ प्रतिस्पर्धा गर्नेछ । सुपर कपको फाइनल खेल भने १७ जनवरीका लागि तय गरिएको छ ।

बार्सिलोना स्पेनिस सुपर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?