Logo

सुन्दरहरैंचा मेयर कपको उपाधी पथरीलाई

ई-खेलकुद २०७८ वैशाख १४ , मंगलबार ०८:०४ मा प्रकाशित

विवेक मिश्र/मोरङ । मोरङको सुन्दरहरैचामा जारी प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको उपाधी पथरी शनिश्चरे नगरपालिकाले हात पारेको छ । आज भएको फाईनलमा घरेलु टोली सुन्दर हरैचालाई १–० ले हराउदै पथरी शनिश्चरेले उपाधि हात पारेको हो । खेलको २९ औं मिनेटमा सन्तोष न्यौपानेले गरेको गोल पथरीलाई उपाधि दिलाउन पर्याप्त बनेको थियो ।

उपाधीसँगै पथरीशनिश्चरेले नगद ३ लाख र ट्रफी पाएको छ भने उपविजेता सुन्दरहरैंचाले नगद १ लाख ५० हजार र ट्रफी हात पारेको छ ।

प्रतियोगितामा दुवै टिमले गोल गर्ने धेरै अवसर गुमाएका थिए । खेलको ४५ औं मिनेटमा सुन्दरहरैंचाले पाएको फ्रि किकको सदुपयोग गर्न नसक्दा पनि उसले गोल गर्ने अवसर गुमाएको थियो ।

खेलको ‘म्यान अफ द म्याच’ आजको खेलको निर्णायक गोल गर्ने खेलाडी सन्तोष न्यौपाने घोषित भए । उनले नगद २ हजार पुरस्कार पाए ।

त्यस्तै, उत्कृष्ट गोलकिपर पथरीका अर्जन बस्नेत, उत्कृष्ट मिडफिल्डर पथरीका साइमन लिम्बू, उत्कृष्ट प्रशिक्षक पथरीका अर्जुन राई, उत्कृष्ट डिफेन्डर सुन्दरहरैंचाका महेन्द्र कार्की, उत्कृष्टल फरवार्ड सुन्दरहरैंचाका आशिष चौधरी, उत्कृष्ट व्यवस्थापक पथरीका रोशन मान्देङ्वा, उदीयमान खेलाडी सुन्दरहरैंचाका नितेश श्रेष्ठ, सर्वाधिक गोलकर्ता पथरीका विशाल पाण्डे र सुन्दरहरैंचाका वीरेन्द्र लिम्बू, सर्वश्रेष्ठ खेलाडी सुन्दरहरैंचाका टिम क्याप्टेन कोमल खवास घोषित भए ।

उनीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिकाबीच खेल भएको थियो ।

पथरी शनिश्चरे सुन्दरहरैंचा मेयरकप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?