Logo

सुटिङकी कल्पना परियारले टोकियो ओलम्पिक खेल्ने

ई-खेलकुद २०७८ जेठ १४ , शुक्रबार ०३:०५ मा प्रकाशित

काठमाण्डौ । सुटिङ खेलाडी कल्पना परियारले आसन्न टोकियो ओलम्पिक खेल्ने भएकी छिन् । कल्पनाले ओलम्पिकका लागि वाईल्ड कार्ड प्राप्त गरेसंगै आलम्पिकमा उनको सहभागीता निश्चित भएको हो ।
नेपाल ओलम्पिक कमिटीले कल्पनाले वाईल्डकार्ड पाएको पुष्टि गर्दै ओलम्पिकमा सहभागीता निश्भित भएको बताएको छ । ओलम्पिकमा कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएका छिन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । ओलम्पिकमा कल्पनासँगै चार खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ । अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की रहेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?