Logo

सुजलको गोलमा श्रीलंकाबिरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

ई-खेलकुद २०७६ मंसीर १८ , बुधबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । साग फुटबल अन्तर्गत श्रीलंकाबिरुद्धको खेलमा नेपालले अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ सकिदा नेपाल १–० ले अघि रहेको हो । खेलको ३६ औ मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टिमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । डिबक्समा नेपाली खेलाडीमाथी फउल भएपछि नेपालले पेनाल्टिको अवसर पाएको थियो । जसलाई कप्तान श्रेष्ठले सहज जाली चुमाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा नेपालले निक्कै राम्रा अवसर पाएपनि ती अवसरलाई सदुपयोग भने गर्न सकेन् ।
पहिलो खेलमा भुटानलाई हराएको नेपाल लगातार दोस्रो जितको खोजीमा आज मैदान उत्रिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?