Logo

सीता रानामगरको अर्धशतकमा कतारलाई बिशाल लक्ष्य

ई-खेलकुद २०७८ मंसीर २ , बिहीबार ०५:११ मा प्रकाशित

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण टी–२० सिरिजको तेस्रो खेलमा नेपालले कतारलाई १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । दोहास्थित वेष्ट इण्ड पार्क स्टेडियममा टस जितेर व्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रनको उच्च योगफल तयार पारेको हो ।
ओपनर सीता राना मगरले उत्कृष्ट ईनिङस खेल्दै अर्धशतक बनाएपछि नेपालले कतारलाई बिशाल लक्ष्य दिएको हो । सीताले अबिजित ८२ रन बनाएको नेपालको ईनिङसमा ज्योती पाण्डेले २४ र सरिता मगरले १७ रन बनाईन् । डोली भट्टले १२ रन जोडिन् ।
कतारकी एन्जेलीना मारी, साची धाडवाल र एस्याले समान एक विकेट लिए । ३ म्याचको मैत्रीपूर्ण सिरिजमा नेपाल २–० ले अघि छ । आजको खेलपनि जित्दै नेपाली महिला टोली ऐतिहासिक उपलब्धी हात पार्ने योजनामा छ । पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको नेपाल आईसीसी विश्वकप क्रिकेटको एसीयाली छनोटको तयारीमा रहेको छ । युएईमा हुने प्रतियोगीता खेल्न महिला टोली भोली दोहाबाट त्यसतर्फ जानेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?