Logo

सिलवालको रिट खारेज, घिसिङलाई काम गर्ने बाटो खुला

ई-खेलकुद २०७८ चैत्र २२ , मंगलबार ०५:०४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्यसचिवबाट आफुलाई गैरकानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सो रिटलाई खारेज गरिदिएको हो ।

सर्बोच्चको यो निर्णयसँगै टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ । ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै देउवा सरकारले हटाएको थियो । उनलाई हटाएर घिसिङलाई राखेप सदस्य सचिवमा नियुक्त गरिएको थियो । लगत्तै सिलवाल सर्बोच्चको ढोका पुगेका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?