Logo

सिरी ए फुटबलमा युभेन्टसलाई बेनेभेन्टोको चुनौती

ई-खेलकुद २०७७ मंसीर १३ , शनिबार ०५:११ मा प्रकाशित

एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा आज नवौ चरणका ३ खेल हुदैछन् । आजको पहिलो खेलमा नेपाली समयानुसार राती पौने ८ बजे सासुउलो र ईन्टर मिलान प्रतिस्पर्धा गर्नेछन् । सासुउलोको मैदानमा हुने खेलमा पाँचौ स्थानमा रहेको ईन्टर जित निकाल्दै शीर्ष २ मा पुग्ने योजनामा छ । घरेलु टोली भने ईन्टरलाई हराउदै तालिकामा सुधार चाहान्छ । आजको दोस्रो खेलमा साविक विजेता युभेन्टसले बेनेभेन्टोसँग खेल्नेछ ।
बेनेभेन्टोको मैदानमा हुने खेल नेपाली समयानुसार राती पौने ११ बजे सुरु हुनेछ । कमजोर प्रतिद्धन्दी बेनेभेन्टोविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ । १६ अंकमा तालिकाको चौथो स्थानमा रहेको युभेन्टस आज विजयी भए दोस्रो स्थानमा पुग्नेछ ।
आजै राती एटलान्टाले हेलास भेरोनासँग खेल्नेछ । यो खेल राती साढे १ बजे सुरु हुनेछ ।

युभेन्टस सिरी ए

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?