
एजेन्सी । क्यारेबियन प्रिमियर लिग क्रिकेट सिपीएलमा आज बार्बाडोस ट्रिडेन्टले जमैका तालेवाजसंग प्रतिस्पर्धा गर्दैछ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध बार्बाडोसले ग्रीस गेलआबद्ध टोलीसंग तेस्रो खेल खेल्न लागेको हो ।
यी दुई टोलीबिचको प्रतिस्पर्धा किङ्सटनमा नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ । जमैकाविरुद्ध बार्बाडोस दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । जमैका भने पहिलो जितको खोजीमा रहेको छ ।
बार्बाडोसले आजको खेलमा सन्पिलाई मैदान उतार्ने संभावना उच्च रहेको छ । अघिल्लो खेलमा ३ विकेट हात पार्दै म्यान अफ दि म्याच समेत बनेका सन्दिपलाई प्लेईङ सेटमा राख्ने संभावना बलियो बनेको हो ।
