Logo

सितसिपास र जेभरेभ फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा

ई-खेलकुद २०७८ जेठ २६ , बुधबार ०८:०६ मा प्रकाशित

एजेन्सी । पाँचौ वरियताका ग्रिसका स्टेफानोस सितसिपास र छैटौ बरियताका जर्मनीका अलेक्जेण्डर जेभरेभ फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा प्रबेश गरेका छन् । क्वार्टरफाईनल भिडन्तमा रसियन डानिल मेदभेदेभलाई सोझो सेटले हराउदै सितसिपासले अन्तिम चारको यात्रा तय गरेका हुन् । पहिलो सेटमा ६–३ को जित निकालेका सितसिपासले त्यसपछिका सेटमा ७–६ र ७–५ को जित निकाले । सेमिफाईनलमा सितसिपासले अलेक्जेण्डर जेभरेभको सामना गर्नेछन् ।
जेभरेभले स्पेनका डाभिडोभिच फोकिनालाई सोझो सेटले नै पाखा लगाए । जेभरेभले ६–४, ६–१ र ६–१ को सहज जितसंगै अघिल्लो चरणमा स्थान बनाएका हुन् ।
महिलातर्फ जित निकाल्दै रसीयन अनास्तास्या पेभचेन्कोभा र स्लोभानियाकी तामारा जिडनसेक सेमिफाइनल प्रवेश गरेका छन् । पेभचेन्कोभाले काजाकिस्तानकी एलेना रेबाकिनालाई तथा जिडनसेकले स्पेनकी पउला बाडोसालाई समान २–१ के सेटले हराउदै सेमिफाईनलको यात्रा तय गरेका हुन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?