Logo

सिटीबिरुद्धको खेलका लागि पिएसजीको टोली घोषणा

ई-खेलकुद २०७८ वैशाख २० , सोमबार ०९:०५ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाईनलको दोस्रो लेगका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले टोलीको घोषणा गरेको छ । इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्धको खेलका लागि पिएसजीले २५ सदस्सीय टोली घोषणा गरेको हो । पिएसजीले मङ्गलबार राति सिटीसंगै ईतिहाद स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । मंगलबार राती पौने १ बजे हुने खेलमा पिएसजी कमब्याक गर्दै फाइनलमा स्थान बनाउने दाउमा हुनेछ । यसअघि पहिलो लेगमा सिटीले २–१ गोलको जित निकालेको थियो ।
अवे खेलमा शानदार जित निकाल्दै पिएसजी फाईनल प्रबेशको योजनामा रहेको छ । पिएसजीको टोलीमा नेयमार, केलियन एम्बाप्पे र एन्जल डी मारिया, केलियन नाभास, माउरो इकार्डी, मोइसे किन समेटिएका छन् । चोटका कारण एम्बाप्पेले दोस्रो लेग गुमाउने संभावना रहेको थियो ।

च्याम्पियन्स लिग पिएसजी

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?