Logo

सिगापुरद्धारा जिम्बावेसामु १ सय ८२ रनको बिशाल चुनौती

ई-खेलकुद २०७६ असोज १२ , आईतबार ०७:०९ मा प्रकाशित

एजेन्सी । नेपाल समेत सहभागी त्रिकोणात्मक टि–२० सिरिजको तेस्रो खेलमा सिंगापुरले जिम्बावेसामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । बर्षाका कारण १८ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रनको उच्च योगफल तयार पार्यो ।
उसका लागि मनप्रित सिंह र टिम डेभिडले सर्बाधिक ४१ रन बनाए । रोहन रंगराजनले ३९ र सुरेन्द्र चन्द्रमोहनले २३ रन बनाए ।
जिम्बावेका रायन ब्रुलले ३, रिचार्ड गाराभाले २ तथा नेभिल्ली माड्जिभाले र सेन विलियम्सनले १ समान १ विकेट हात पारे ।
१ सय ८२ रनको चुनौती सहित जिम्बावेले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ । नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार जिम्बावेको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?