Logo

सिक्किमलाई हराउदै आर्मी अन्नपुर्ण हाम्रो पुर्वाञ्चल गोल्डकपको फाइनलमा

ई-खेलकुद २०७६ कात्तिक २२ , शुक्रबार ०६:११ मा प्रकाशित

झापा । विभागीय टोली त्रिभुवन आर्मी झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबलको फाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा सिक्किम आक्रमण एफसीलाई टाईब्रेकरमा ४–३ गोलले हराउदै आर्मीले उपाधि यात्रा तय गरेको हो ।
बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो । जसमा आर्मीले बाजी मार्यो ।
टाइब्रेकरमा सिक्किमका विरेन प्रधान, मनोज काच्वा र करण राईले गोल गरेका थिए भने एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाए । विकास क्षेत्रीको प्रहार भने बारमा लाग्दै फर्किएको थियो ।
आर्मीका दिपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरे । पहिलो प्रहार गर्न आएका कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाएका थिए । खेलको म्यान अफ दी म्याच आर्मीका गोलरक्षक विवश चौधरी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । आर्मीले उपाधिका लागि भोली हुने दोस्रो सेमिफाइनलको विजेतासंग सोमबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भोली चर्च ब्वाईज युनाईटेड र नेपाल पुलिसबिच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?