Logo

सिक्किमको पोष्टमा एपीएफको १८ गोल, साबित्राको तेहोरो ह्याट्रिक

ई-खेलकुद २०७६ मंसीर ३० , सोमबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । प्रधान सेनापती महिला फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफले शानदार जित हात पारेको छ । आज भएको खेलमा एपीएफले पाहुना टोली भारतको सिक्किमलाई १८–० फो फराकिलो अन्तरले हराएको हो ।
लगनखेलस्थित नेपाली सेनाको मैदानमा पहिलो हाफमा १०–० को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा ८ गोल थपेको थियो । एपीएफको जितमा साबित्रा भण्डारीले ९ गोल गरिन् । अनु लामाले ४, अनिता बस्नेतले ३ तथा रेनुका नगरकोटीले २ गोल गरिन् ।
सोही मैदानमा आजै भएको खेलमा नेपाल पुलिस क्बललबे प्रदेश २ लाई ३–० ले पराजित गरेको छ । निरु थापा, निशा विक र दीपा न्यौपानेले गोल गर्दै पुलिसलाई जित दिलाए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?