
काठमाण्डौ । सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट अन्र्तगत सिंगापुरबिरुद्धको खेलमा नेपाली टोलीका कप्तान पारस खड्काले शतक बनाएका छन् । १ सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा ओपनरका रुपमा मैदान उत्रिएका पारसले ४९ बलमा शतक बनाएका हुन् । सहज जितउन्मुख रहेको टोलीका लागि उनले ९ छक्का र ६ चौकाको मद्दतमा सो रन बनाएका हुन् ।यो संगै पारस टि–२० क्रिकेटमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।
दोस्रो विकेटका लागि पारस र आरिफ शेखसंग मिलेर १ सय ३८ रनको साझेदारी गरेका थिए ।
