Logo

सिंगापुरद्धारा नेपालसामु १ सय ५२ रनको लक्ष्य, कप्तान डेभिडको अर्धशतक

ई-खेलकुद २०७६ असोज ११ , शनिबार ०६:०९ मा प्रकाशित

काठमाण्डौ । सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिजको दोस्रो खेलमा सिंगापुरले नेपालसामु १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरस्थित ईण्डियन एसोसिएसनको मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको सिंगापुले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार पार्यो ।
उसको ईनिङसमा कप्तान टिम डेभिडले सर्बाधिक ६४ रन बनाए । सुरेन्द्र चन्द्रमोहनले ३५, जनक प्रकाशले २५ र मनप्रित सिंहले १५ रन बनाए । पहिलो विकेटका रुपमा ओपनर रोहन रंगराजन ६ रनमा पभेलियन फर्किएपनि डेभिड र चन्द्रमोहनले सिंगापुरलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । नेपालका करण केसी २ तथा सुसन भारीले समान एक विकेट लिए ।
१ सय ५२ रनको चुनौती सहित नेपाल केहिबेरमा जवाफि ब्याटिङमा उत्रनेछ । पहिलो खेलमा जिम्बावेसंग पराजित भएको नेपाल, दोस्रो खेलमा आयोजकलाई हराउदै तालिकामा अंक थप्न चाहान्छ । सिंगापुर भने पहिलो खेलबाटै सुखद नतिजाको खोजीमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?