Logo

साहाजादले पनि ईपीएल खेल्ने, लियाम प्लङकेट, केसरिक विलियम्स र उपुल थंरगापनि सकारात्मक

ई-खेलकुद २०७६ पुस १९ , शनिबार १०:०१ मा प्रकाशित

काठमाण्डौ । आसन्न एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा विश्व क्रिकेटका हस्तीहरुको जमघट हुने भएको छ । आयोजक ईपीएल प्रालीले विदेशी खेलाडीहरुका लागि नयाँ प्राबधान राखेसंगै ठुला नामहरु ईपीएलमा आउने ढोका खुला भएको हो । साउथ अफ्रिकाका पुर्ब कप्तान हासिम अम्लासंगै अफगानिस्तानका बिष्फोटक ब्याट्सम्यान महम्मद साहाजादपनि ईपीएल खेल्न काठमाण्डौ आउने भएका छन् । आयोजक संस्थाका प्रबन्ध निर्देशक अमिर अख्तरले अम्ला र साहाजाद नेपाल आउने पक्का भएको जानकारी दिनुभयो ।
त्यस्तै श्रीलंकाका उपुल थरंगा, ईङल्याण्डका लियाम प्लङकेट र वेष्टईण्डिजका विलियम्स केसरीकपनि ईपीएलका लागि सकारात्मक भएको उनको भनाई छ । अख्तरले भने– वेष्ट ईण्डिजबाट हामी ३ खेलाडी ल्याउछौ, साउथ अफ्रिका, श्रीलंका, ईङल्याण्ड र भारतका क्रिकेटरहरुसंग हामी निरन्तर संबादमा रहेका छैँ । बाँकि नामहरु क्रमश सार्बजनिक गर्नेछौ ।


एकसाता भित्र सबै विदेशी क्रिकेटरलाई फ्रेन्चाईज टोलीमा आबद्ध गराईसक्ने उनले बताए । हरेक टोलीमा कम्तीमा १ टेष्ट राष्ट्रका खेलाडी राख्नुपर्ने नियमसंगै टोलीले विदेशी खेलाडीको अनुबन्धन अन्तिम चरणमा पुर्याएका हुन् । त्यसमा आयोजकले मध्यस्थताको काम गरिरहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?