Logo

साबित्राको ह्याट्रिकमा एपीएफको शानदार जित

ई-खेलकुद २०७७ माघ ८ , बिहीबार ०२:०१ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता नेपाल एपीएफले शानदार सुरुवात गरेको छ । प्रतियोगीताको दोस्रो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० को फराकिलो अन्तरले हराउदै एपीएफले प्रतियोगीतामा धमकेदार सुरुवात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जिताउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक एक गोल थपे ।
सुरुवातबाटै चन्द्रपुरलाई दबाबमा राखेको एपीएफले १४ औ मिनेटमा पहिलो गोल गरेको थियो । साबित्राले टोलीको खाता खोलिन । २२ औं मिनेटमा अन्जलीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् । पहिलो हाफमा २–० को अग्रता बनाएको एपीएफ दोस्रो हाफमा आक्रामक बनेको थियो ।
६२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ ३–० को अवस्थामा पुग्यो । त्यसको २ मिनेटपछि नै कप्तान अनिताले अर्को गोल गरिन् । ७३ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफ ५–० को बलियो अवस्थामा पुग्यो ।
निर्धारित समय सकिन १ मिनेट अघि प्रिती राईले गोल गरेपछि एपीएफले ६–० को शानदार जित निकाल्न सफल बन्यो ।
जितसंगै एपीएफले पहिलो खेलबाट ३ अंक जोडेको छ । महिला लिग अन्तर्गत आजै विराटनगर महानगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल एपीएफ महिला लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?