
काठमाण्डौ । साफ अण्डर १८ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । आज भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराउदै भारत च्याम्पियन भएको हो । हल्चोकस्थित एपीएफ मैदानमा पहिलो हाफ एक एकको बराबरीमा सकिएको खेलमा अन्तिम मिनेट सम्हालिन नसक्दा बंगलादेश हार भोग्न बाध्य भयो ।
भारतको जितमा बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए । निक्कै प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले केहि राम्रा अवसर खेर फाल्दा उपबिजेतामै सिमित बन्यो ।
आजै भएको तेस्रो स्थानको प्रतिस्पर्धामा माल्दिभ्सले भुटानलाई १–० ले हराएको थियो । ६ टोली सहभागी च्याम्पियनसिपमा २ पटकको विजेता नेपाल भो समुहचरणबाटै बाहिरिएको थियो ।
