Logo

साफ अण्डर १८ च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलदेश भिड्ने

ई-खेलकुद २०७६ असोज १० , शुक्रबार ०५:०९ मा प्रकाशित

काठमाण्डौ । साफ अण्डर १८ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई ४–० ले हराउदै भारतले बंगलादेशसंगको उपाधि भेट पक्का गरेको हो ।
हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा भारतलाई जित दिलाउन नरेन्दर, मानबिर सिंह र निन्थोईन गान्बाले एक एक गोल गरे । थप गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । एकपक्षिय खेलमा अधिकांश समय मालिदभ्सलाई दबावमा राखेको भारतले उसलाई खासै मौका बनाउने अवसर पनि दिएन् । आजै भएको पहिलो खेलमा बंगलादेशले भुटानलाई समान ४–० ले पराजित गरेको थियो ।
समुहचरणमा एक एकको बराबरी खेलेका भारत र बंगलादेशबिचको उपाधि भिडन्त आईतबार हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?