Logo

साफ अण्डर १८ च्याम्पियनसीप फुटबलमा आज भारत र श्रीलंका भिड्दै

ई-खेलकुद २०७६ असोज ८ , बुधबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । नेपालमा जारी तेस्रो साफ अण्डर १८ च्याम्पियनसीप फुटबल अन्र्तगत समुहचरणको अन्तिम खेलमा आज भारत र श्रीलंकाबिच प्रतिस्पर्धा हुदैछ । सेमिफाइनल प्रबेशको झिनो आशमा रहेको श्रीलंका बलियो टोली भारतलाई हराउदै अन्तिम चारको यात्रा तय गर्न चाहान्छ । सेमिफाइनल पुग्न भारतलाई बराबरीको नतिजा नै पर्याप्त छ । सामान्य हारले पनि उसको संभावना कायम रहने भएकाले श्रीलंकाबिरुद्ध भारत उच्चआत्मबिश्वासका साथ मैदान उत्रनेछ ।
हल्चोकस्थित एपीएफ मैदानमा अपरान्ह ३ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ । समुह बीबाट एक जित र एक बराबरीसंगै बंगलादेश यसअघि नै सेमिफाइनलमा पुगीसकेको छ । आजको खेलपछि समुहको विजेता र उपविजेता टुंगो लाग्नेछ ।
प्रतियोगीतामा समुह एबाट भुटान समुह बिजेता र माल्दिभ्स उपविजेता बन्दै अन्तिम चारमा प्रबेश गरिसकेका छन् । डिफेण्डिङ च्याम्पियन नेपाल भने समुहचरणबाटै बाहिरिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?