
काठमाण्डौ । काठमाण्डौमा जारी साफ अण्डर १८ च्याम्पियनसीप फुटबलमा आज माल्दिभ्स र भुटानबिच प्रतिस्पर्धा हुदैछ । यी २ राष्ट्रबिचको प्रतिस्पर्धा हल्चोकस्थित एपीएफ मैदानमा अपरान्ह ३ बजे सुरु हुनेछ । आजको खेलपछि समुह एबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ । आफ्नो पहिलो खेलमा नेपाललाई ३–० ले हराएको भुटान माल्दिभ्सबिरुद्ध पनि ऐतिहासिक जित निकाल्दै समुह विजेता बन्न चाहान्छ ।
नेपालसंग एक एकको बराबरी खेलेको माल्दिभ्सलाई बराबरीको नतिजा नै सेमिफाइनल पुग्न पर्याप्त रहेकाले सोहि अनुसार मैदान उत्रने उसको तयारी छ । माल्दिभ्स, भुटानसंग ३–० वा त्यो भन्दा ठुलो अन्तरले हारे मात्र नेपाल सेमिफाइनल पुग्नेछ । जित बराबरी वा २–० को हारले पनि माल्दिभ्सको भाग्य खुल्नेछ ।
यसअघि हिजो भएको खेलमा बंगलादेश र भारतले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
