Logo

साफ अण्डर १८ च्याम्पियनसीप फुटबलमा आज भारत र बंगलादेश भिड्दै

ई-खेलकुद २०७६ असोज ६ , सोमबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । साफ अण्डर १८ च्याम्पियनसीप फुटबलमा आज समुह बी अन्तर्गगका भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुदैछ । पहिलो खेलमा श्रीलंकालाई हराउदै सेमिफाइनल नजिक पुगेको बंगलादेश, बलियो टोलीबिरुद्ध कम्तीमा बराबरीको नतिजा निकाल्ने योजनामा रहेको छ । पहिलो खेल खेल्न लागेको भारत प्रतियोगितामा सुखद नतिजाको खोजीमा रहेको छ । यी २ राष्ट्रबिचको प्रतिस्पर्धा हल्चोकस्थित एपीएफ मैदानमा अपरान्ह ३ बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा भुटानले नेपाललाई ३–० ले पराजित गरेको थियो । समुह एको खेलमा भोली भुटानले माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ । सो खेलपछि समुह एबाट सेमिफाईनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?